मधेसका मुख्यमन्त्री सुशासन विरोधी रहेको आरोप
बुधबार, ०६ चैत २०८१, १७ : २७
धनुषा । नेपाली कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको कार्यशैली सुशासन विरोध रहेको आरोप लगाएका छन् ।
मुख्यमन्त्री सिंहको क्रियाकलाप सुशासन विरोधी रहेकाले उनले अविलम्ब नैतिकताको आधारमा राजीनामा दिनुपर्ने गुप्ताले बुधबार बताए ।
केन्द्र सरकार र प्रदेश बिच चलिरहेको विवादको बेला एसईई परीक्षाको पूर्व सन्ध्यामा मुख्यमन्त्री गैरजिम्मेवार बनेको समेत उनको भनाइ थियो । यसअघि मुख्यमन्त्री सिंहले चैत ७ गतेबाट सुरु हुने एसईईमा प्रदेश सरकार सहभागी नहुने बताए थिए ।
यस विषयमा गुप्ताले मधेस शिक्षाको दृष्टिकोणबाट अत्यन्तै पछाडि परेको अवस्थामा मुख्यमन्त्री जस्ता व्यक्तिबाट यस्ता किसिमको हर्करतबाट मधेस सरकारको गरिमा माथि आँच पुर्याउने कार्य भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण