चैत १४ देखि आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला
काठमाडौं । अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैतको १४ देखि १८ गतेसम्म ललितपुरमा हुने भएको छ ।
रष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा नेपाली महिला उद्यमीका उत्पादन प्रवर्द्धन र बजारीकरण गर्ने मुख्य उदेश्यसहित महिला उद्यमी महासङ्घ नेपालले पाँच दिने ८औँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो ।
महासङ्घका अध्यक्ष शोभा ज्ञवालीले ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका कृषिजन्य वस्तु, हस्तकलाका सामाग्री, खाद्य सामाग्री, सेवामूलक वस्तु तथा सेवाको प्रवर्द्धन तथा विक्री वितरण हुने जानकारी दिइन् ।
उनकाअनुसार मेला स्थलमा वातावरणमैत्री, हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य, अन्तरराष्ट्रिय गरी छ प्रकारका स्टलहरू रहने छ । जम्मा एक सय ४४ वटा बिक्री स्टल, दुई वटा ‘प्याभिलियन’ रहने र ८२ वटा स्टल स्वदेशी तथा विदेशी महिला उद्यमीलाई उपलब्ध गराउने बताइएको छ ।
करिब ६० हजार उपभोक्ता तथा अवलोकनकर्ताले मेला अवलोकन गर्ने महासङ्घले अनुमान गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण