स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर उत्साहप्रदः प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वावियु निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा उत्साहप्रद लहर देखिएको बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्ववियुमा विजयी सबै विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको पार्टीको अभियानमा सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको बताएका छन् ।
‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी)को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ’, प्रचण्डले भनेका छन्, ‘कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थमन विक हत्या प्रकरण : एमाले नेता कोइरीलाई पाँच वर्ष कैद सजाय
-
पोखरा महानगरको बजेट पारित
-
‘मौद्रिक नीतिले सेयर बजारलाई दिनुपर्ने रिल्याक्सेसन खासै केही छैन’
-
वीर अस्पतालका तत्कालीन लेखा अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
अभिषेक गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले किन मगायो अर्बौं घोटालाका ४ फाइल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण