हवाईपछि गाजामा स्थलगत आक्रमण तीव्र

रफाह । हवाई हमलापछि इजरायलले गाजामा आफ्नो स्थलगत कारबाही तीव्र पारेको छ । दुई दिनमा इजरायली आक्रमणमा ४३० भन्दा बढी व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायल रक्षा बल (आईडीएफ) ले आफ्ना सेना गाजा पट्टीलाई उत्तर र पश्चिममा विभाजन गर्ने नेत्जारिम करिडोरमा पुगेको बताएको छ ।
गाजामा भएका नयाँ आक्रमणहरूले इजरायल र हमासबीच जनवरीदेखि जारी युद्धविराम सम्झौताको अन्त्य भएको संकेत गरेको छ । डेर अल–बलाहस्थित आफ्नो परिसरमा भएको विस्फोटमा आफ्ना एक कर्मचारीसहित दुई जनाको मृत्यु भएको यसअघि संयुक्त राष्ट्रसंघले बताएको थियो । विदेश मन्त्रालयका प्रवक्ताले यस विषयमा अनुसन्धान सुरु गरिने बताए । विपन इजरायल जिम्मेवार नभएको चाँहि अस्वीकार गरेनन् ।
बुधबार एक भिडियो सन्देशमा इजरायली रक्षामन्त्री इजरायल काट्जले प्यालेस्टिनी भूभागलाई अन्तिम चेतावनी दिँदै त्यहाँ राखिएका बाँकी सबै बन्धकहरूलाई फिर्ता गर्न माग गरेका थिए । हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको इजरायलले बताएको छ ।
यीमध्ये २४ जना जीवित रहेको अनुमान गरिएको छ । इजरायलले गाजा पट्टीमा हमास विरुद्धको लडाई पूर्ण शक्तिका साथ पुनः सुरु गरेको मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भनेका थिए । उनले आक्रमण त सुरुवात मात्र हो भनेर चेतावनी दिँदै एउटा भिडियो नै जारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई