हवाईपछि गाजामा स्थलगत आक्रमण तीव्र
रफाह । हवाई हमलापछि इजरायलले गाजामा आफ्नो स्थलगत कारबाही तीव्र पारेको छ । दुई दिनमा इजरायली आक्रमणमा ४३० भन्दा बढी व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायल रक्षा बल (आईडीएफ) ले आफ्ना सेना गाजा पट्टीलाई उत्तर र पश्चिममा विभाजन गर्ने नेत्जारिम करिडोरमा पुगेको बताएको छ ।
गाजामा भएका नयाँ आक्रमणहरूले इजरायल र हमासबीच जनवरीदेखि जारी युद्धविराम सम्झौताको अन्त्य भएको संकेत गरेको छ । डेर अल–बलाहस्थित आफ्नो परिसरमा भएको विस्फोटमा आफ्ना एक कर्मचारीसहित दुई जनाको मृत्यु भएको यसअघि संयुक्त राष्ट्रसंघले बताएको थियो । विदेश मन्त्रालयका प्रवक्ताले यस विषयमा अनुसन्धान सुरु गरिने बताए । विपन इजरायल जिम्मेवार नभएको चाँहि अस्वीकार गरेनन् ।
बुधबार एक भिडियो सन्देशमा इजरायली रक्षामन्त्री इजरायल काट्जले प्यालेस्टिनी भूभागलाई अन्तिम चेतावनी दिँदै त्यहाँ राखिएका बाँकी सबै बन्धकहरूलाई फिर्ता गर्न माग गरेका थिए । हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको इजरायलले बताएको छ ।
यीमध्ये २४ जना जीवित रहेको अनुमान गरिएको छ । इजरायलले गाजा पट्टीमा हमास विरुद्धको लडाई पूर्ण शक्तिका साथ पुनः सुरु गरेको मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भनेका थिए । उनले आक्रमण त सुरुवात मात्र हो भनेर चेतावनी दिँदै एउटा भिडियो नै जारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण