राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव चम्लागाईंको उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक संघको केन्द्रीय अध्यक्षमा माधव प्रसाद चम्लागाईंले उम्मेदवारी घोषणा गरेका छन्।
नेपालको संविधान र कांग्रेसको विधानमा अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार स्थापित गराउन निरन्तर खट्दै आएको बताउँदै चम्लागाईंले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने बताए।
चम्लागाईंको समूहबाट उपाध्यक्षमा उदयबहादुर लिम्बु र महामन्त्री पदमा गणेशबहादुर खत्रीको उम्मेदवारी घोषणा भएको छ।
चम्लागाईसहित वर्तमान अध्यक्ष प्रकाश पन्तले पनि उम्मेदवारी दिने तयारी गरेका छन्। तर सर्वसम्मत भएको अवस्थामा भने पन्तले छाड्ने बताइएको छ।
यस्तै अध्यक्ष पदमा विकाश थापाले समेत उम्मेदवारी दिने तयारी गरेका छन्। उनले उम्मेदवारी घोषणा भने गरिसकेका छैनन्।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको चैत ८ र ९ गते प्रथम केन्द्रीय महाधिवेशन नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा हुन गइरहेको छ। महाधिवेशनमा देशभरबाट एक हजार तीन जना केन्द्रीय प्रतिनिधि सहभागी हुने छन्।
महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनीत गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ। जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला/खुल्ला) दुई जना, महामन्त्री खुल्ला दुई जना, सदस्यहरू ३ महिला सहित खुला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ । बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनीत हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण