‘आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशक भनेर घोषणा गरिएको छ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशक भनेर घोषणा गरिएको जानकारी दिएका छन् । बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले रोजगार प्रवर्द्धनसँगै उद्यमशीलताको विकास पनि सरकारले ध्यान दिएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा नै रोजगारी प्राप्त गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सरकारले वैचारिक हिसाबले मानिसलाई तयार गर्ने कुरा र व्यवहारिक कदमहरूद्वारा आश्वस्त पार्ने काम गर्दै आएको छ । यसका लागि विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिएको छ । ८ लाख सूचीकृत बेरोजगारले रोजगारी पाएका छन् । तर यो पर्याप्त भने होइन ।’
आन्तरिक रोजगारी सिर्जना गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यले आन्तरिक रोजगार प्रवर्द्धन दशक भनेर घोषणा गरिएको छ । त्यसलाई उद्यमशीलताको विकास र रोजगारी प्रवर्द्धन भनेर राखेका छौँ । यसै गरी चीनसँगका १४ वटा सीमा खुलाउने सम्बन्धमा नेपाल र चीनबिच सन् २०१९ मा सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्रीले जानकारी दिए । सोही अनुसार चीनसँग सीमा जोडिएका नेपाली नागरिकहरूलाई चीनमा आवागमन अनुमति पत्र उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको उनको भनाई छ ।
‘१४ नाकाभित्र उराई भन्ज्याङ नाका पनि रहेको छ । सो नाका खुलाउन सम्बन्धित निकायसँग कूटनीतिक तवरमा प्रयासहरू भइरहेका छन् । अलि उचाइमा भएकाले अस्ति हिउँ परेकाले आवागमन भएन कि ? नत्र यो खोल्न सम्बन्धमा कुराकानी भइसक्यो । प्राविधिक हिसाबले केही समस्या भएको होला,’ प्रधानमन्त्रीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण