गाजामा इजरायलको ताजा हमलामा कम्तिमा ४० भन्दा धेरैको मृत्यु
बिहीबार, ०७ चैत २०८१, १३ : ३९
रफाह । बुधबार राति गाजापट्टीमा इजरायली हवाई आक्रमणमा ४० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । यी हवाई हमलाहरू इजरायलले दक्षिणी गाजाको खान युनिस र रफाह शहरहरू र उत्तरी गाजाको बेइत लाहिया शहरमा गरेको थियो ।
यसअघि मंगलबार इजरायलले गरेको आक्रमणमा ४०० भन्दा धेरैकोे मृत्यु भएको थियो ।
भङ्ग भयो युद्धविराम, फेरि सुरु भयो आक्रमण
इजरायलले मंगलबार गाजामा भारी हवाई आक्रमण गरेको थियो । त्यसपछि इजरायल र हमास बीचको युद्धविराम सकिएको छ । यो युद्धविराम केही समयका लागि लडाईं रोक्न र दुई दर्जन भन्दा बढी बन्धकहरूलाई रिहा गर्न मद्दत गर्न लागू गरिएको थियो ।
इजरायलले हमासलाई सम्झौता अस्वीकार गरेको आरोप लगाएको छ । मंगलबारको आक्रमणमा ४०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको थियो । मर्नेमा अधिकांश महिला र बालबालिका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण