आफ्नो मान्छे कर्मचारीमा कतै नियुक्त गरेको छैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले आफ्नो भनिएको मान्छे कतै नियुक्त नगरिएको बताएका छन् । सांसद मनिष झाले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले अहिलेको सरकारले हाम्रो होइन राम्रो मान्छे नियुक्त गर्ने बताए ।
‘अहिलेको सरकारले हाम्रो होइन राम्रो मान्छे नियुक्त गर्छ र मेरिटोक्रेसीका आधारमा गर्छ । आफ्ना मान्छे नियुक्त गर्छ भन्ने आरोप सही छैन’, प्रधानमन्त्रीले भने, ‘सरकारले मेरिटोक्रेसीका आधारमा नियुक्तिहरू गर्छ । आफ्ना मान्छे नियुक्त गर्छ भन्ने आरोप सही छैन ।’
आफ्नो मान्छे एक जना नियुक्त गरेको देखाउन चुनौती दिँदै प्रधानमन्त्रीले कर्मचारीहरूको नियुक्ति लोकसेवामार्फत हुने गरेको स्मरण गराए ।
मुलुकको आर्थिक अवस्था दुरावस्थामा पुग्नुमा अहिलेको सरकार मात्र जिम्मेवार नरहेको पनि प्रधानमन्त्रीको भनाई छ । उनले कानुन विपरित काम गर्ने जो कसैलाई सरकारले कारबाही गर्ने भन्दै सरकारी नियुक्तिमा नातावाद भयो भन्ने आरोपमा सत्यता नभएको पनि बताए । उनले नेपाल प्रहरीको आइजीपी नियुक्तिलाई उदाहरणका रूपमा लिन आग्रह गर्दै उनले विकास निर्माणका काम अघि बढाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण