आफ्नो मान्छे कर्मचारीमा कतै नियुक्त गरेको छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले आफ्नो भनिएको मान्छे कतै नियुक्त नगरिएको बताएका छन् । सांसद मनिष झाले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले अहिलेको सरकारले हाम्रो होइन राम्रो मान्छे नियुक्त गर्ने बताए ।
‘अहिलेको सरकारले हाम्रो होइन राम्रो मान्छे नियुक्त गर्छ र मेरिटोक्रेसीका आधारमा गर्छ । आफ्ना मान्छे नियुक्त गर्छ भन्ने आरोप सही छैन’, प्रधानमन्त्रीले भने, ‘सरकारले मेरिटोक्रेसीका आधारमा नियुक्तिहरू गर्छ । आफ्ना मान्छे नियुक्त गर्छ भन्ने आरोप सही छैन ।’
आफ्नो मान्छे एक जना नियुक्त गरेको देखाउन चुनौती दिँदै प्रधानमन्त्रीले कर्मचारीहरूको नियुक्ति लोकसेवामार्फत हुने गरेको स्मरण गराए ।
मुलुकको आर्थिक अवस्था दुरावस्थामा पुग्नुमा अहिलेको सरकार मात्र जिम्मेवार नरहेको पनि प्रधानमन्त्रीको भनाई छ । उनले कानुन विपरित काम गर्ने जो कसैलाई सरकारले कारबाही गर्ने भन्दै सरकारी नियुक्तिमा नातावाद भयो भन्ने आरोपमा सत्यता नभएको पनि बताए । उनले नेपाल प्रहरीको आइजीपी नियुक्तिलाई उदाहरणका रूपमा लिन आग्रह गर्दै उनले विकास निर्माणका काम अघि बढाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन बोर्डकाे रिक्त पदमा पोखरेलीलाई नियुक्त गर्न माग
-
अस्ट्रेलिया फर्कन विमान चढेका पञ्जाबका प्रमुख प्रशिक्षक रिकी पोन्टिङ फेरि होटल फर्किए
-
प्रदेश सरकारको ‘डिजिटल कर्णाली’ अभियानमा केन्द्र सरकारले सहयोग गर्ने
-
‘सम्झौता भएका ४६ परियोजना ५ वर्षभित्रमा कार्यान्वयन हुन्छ’
-
अभिनेत्री ऋचा घिमिरे अमेरिकन कम्पनीको ब्रान्ड एम्बासडर नियुक्त
-
कतारले उपहारमा दिने लग्जरी बोइङ जेट स्वीकार गर्ने तयारीमा ट्रम्प, एयर फोर्स वनको रूपमा नचलाउने