चना पकाउँदा सिठ्ठी लागेन, हल्लाउँदा कुकर पड्किएर घाइते
बिहीबार, ०७ चैत २०८१, १८ : १४
काठमाडौँ । काठमाडौँको महाबौद्धमा कुकर पड्किँदा एक जना घाइते भएका छन् ।
हिजो (बुधबार) बिहान साढे सात बजे काठमाडौँ महानगरपालिका २७ स्थित लक्ष्मीनारायण भवनमा सञ्चालित खाजा घरमा कुकर पड्किँदा सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भई हाल काठमाडौँ २७ बस्ने खाजापसल सञ्चालक ३४ वर्षीय ज्ञान बहादुर श्रेष्ठ घाइते भएका हुन् ।
बुधबार बिहान श्रेष्ठले खाजाघरमा चना उसिन्ने क्रममा सिट्ठी नलागेपछि कुकर हल्लाएका थिए। त्यस क्रममा कुकर पड्किएको थियो।
घाइते उनलाई तत्काल उपचारका लागि उनका भाइ जितमानले वीर ट्रमा सेन्टर लगेका थिए । उनको दाहिने खुट्टा फ्याक्चर भएको र बाँया हातमा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमधाम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण