कुकर पड्किँदा उछिट्टिएको आलु लागेर एक जना घाइते
बिहीबार, ०७ चैत २०८१, १८ : २९
काठमाडौँ । काठमाडौँको तारकेश्वरमा प्रेसर कुकरको ढक्कन पड्किँदा एक जना घाइते भएका छन् ।
तार्केश्वर नगरपालिका- ३ तीनपिप्लेस्थित 'उज्वल तथा सम्पन्न खाजा घर'मा बुधबार बिहान साढे ६ बजे प्रेसर कुकर पड्किएको थियो। यस घटनामा नुवाकोटको विदुर नगरपालिका वडा ९ घर भई हाल तार्केश्वर बसिरहेका २३ वर्षीय विशाल तामाङ घाइते भएका छन्।
सविन तिवारीले सञ्चालन गरेको उक्त खाजा घरमा तामाङले खाजा खान आउने क्रममा आलु पकाउँदै गरेको प्रेसर कुकरको ढक्कन अचानक पड्किएको थियो।
कुकुरबाट उछिट्टिएको आलुको टुक्राले अनुहारमा लाग्दा उनी घाइते भएका थिए। उनलाई तत्काल कीर्तिपुर अस्पताल लगी उपचार गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल प्रहरीले जानकारी दिए । उनलाई बुधबार राति साढे ८ बजे डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमधाम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण