वसन्तपुर स्थित नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइयो
शुक्रबार, ०८ चैत २०८१, १० : ५४
काठमाडौँ । वसन्तपुर डबलीमा रहेको नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइएको छ । २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको सो भवन भत्काइएको हो ।
२०७९ फागुन ११ मा बसेको महानगरपालिकाको १३ औँ कार्यपालिका बैठकले उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा समिति बनाएर सो जीर्ण भवन भत्काउन सिफारिस गरेको थियो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम सो भवन संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो ।
जीर्ण बन्दै गएको सो भवन भत्किएर सम्भावित क्षति हुन सक्ने भन्दै भत्काउन थालिएको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण