फ्राइडे रिलिज : ‘द्रौपदी’ भर्सेज ‘११ः ५५’
काठमाडौँ । आज शुक्रवारबाट २ नयाँ नेपाली फिल्म रिलिज भएका छन् । फिल्म हुन् ‘द्रौपदी’ र ‘११ः ५५’ । यी दुवै फिल्म देशभर रिलिज भएको हो । एक–अर्कोसँग भिड्न आएको यी दुई वटै फिल्म फरक फरक कथामा बनेका हुन् ।
यद्यपि यी दुई वटै फिल्मले मात्र देशभरको हल पाएको छैन । अघिल्ला साताहरुमा आएका ‘अञ्जली’, ‘होस्टल ३’ लगायतका फिल्मले अझै केही स्टेसनमा कब्जा जमाएका छन् ।
‘द्रौपदी’
ऋषिराज आचार्य निर्देशित ‘द्रौपदी’ कर्णालीको बहुपतिप्रथाको कथामा निर्माण भएको हो । फिल्ममा कर्णालीको सुन्दरता, त्यहाँको जनजीवन र व्यथालाई प्रस्तुत गरिएको छ ।
फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई ‘सुवास’ , प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ ।फिल्ममा कथा, पटकथा, संवाद र गीतसमेत निर्देशन आचार्यको छ । फिल्मको शुक्रवार बिहान प्रेस शो गरिएको थियो । शो मा फिल्मले राम्रो प्रतिक्रिया पाएको छ ।
‘११ः५५’
केशव पाण्डेको निर्देशन रहेको फिल्म ‘११ः ५५’ सस्पेन्स क्राइम थ्रिलर जनरामा बनेको हो । फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल लगायतको अभिनय छ । अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, रामशरण उप्रेतीको छायाङ्कन रहेको फिल्मको सुवासराज काफ्ले प्रोडक्सन डिजाइनर हुन् ।
विचित्र फिल्मस् र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । फिल्मको बुधवार प्रिमिएर भएको थियो । प्रिमिएरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
-
एनसेललाई पटक पटक विवादमा तान्नुको कारण के हो ?
-
काममा ढिलासुस्ती गर्नु पनि अब भ्रष्टाचार : समयमै निर्णय नगर्ने र फाइल रोक्ने कर्मचारी पनि कारबाहीमा पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण