गोर्खा मुद्दामा बेलायती रक्षामन्त्री र राजदूतबिच छलफल
लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र बेलायती रक्षा मन्त्री (भेट्रान्स मिस्टर) अलिस्टेयर कार्न्सबिच महत्त्वपूर्ण भेटघाट भएको छ।
१९ मार्चमा रक्षा मन्त्रालयस्थित कार्न्सको कार्यालयमा भएको भेटघाटमा द्विपक्षीय सम्बन्धलाई मजबुत पार्ने विषयहरूमा छलफल भएको छ । जसमा दीर्घकालदेखि थाती (पेन्डिङ) रहेका द्विपक्षीय मुद्दाहरू पनि समावेश गरिएको बताइएको छ ।
यस अवसरमा दुवै पक्षले आपसी सहयोग बढाउने र सम्बन्धहरू अझ प्रगाढ बनाउने आवश्यकतामा जोड दिएका राजदूत घिमिरेले जनाएका छन् ।
मन्त्री कार्न्सले नेपाल र युकेबिचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने आशा व्यक्त गरे।
यो भेटघाटले दुवै देशबिचको सहकार्य र सम्बन्धलाई अझ बलियो बनाउने दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
भेटमा राजदूत घिमिरेले मन्त्रीसँग भूतपूर्व गोर्खा मुद्दा धेरै पुरानो भएकाले छिट्टै समाधान गर्न अनुरोध गरेको उपनियोग प्रमुख विपिन दुवाडीले बताए ।
भेट्रान्स मन्त्रीले गोर्खा मुद्दा जटिल र निकै खर्चिलो भएकाले दुवै पक्षले आपसी दिनमा अझ गम्भीर रूपमा छलफल गरेर अगाडि बढ्ने विश्वाससहित प्राविधिक कमिटीको बैठक छिट्टै बस्ने बताएको दुवाडीले जनाए ।
उक्त भेटमा उपनियोग प्रमुख दुवाडी र सैनिक सहचारी कर्णेल अनुप शाह पनि सहभागी थिए । यसअघि बेलायती रक्षामन्त्रीको प्रतिनिधिमण्डल दूतावासमै आएर भेटघाट गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण