श्रमिकको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न विभागको ध्यानाकर्षण
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।
शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले कतिपय प्रतिष्ठानहरुले पारिश्रमिकको व्यवास्था पूर्णरुपमा परिपालन हुन नसकेको गुनासो आएको भन्दै उक्त ध्यानाकर्षण गराएको हो । सरकारले गत २०८० साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्युनतम मासिक पारिश्रमिक १७ हजार ३०० तोकेको थियो ।
त्यस्तै सरकार चिया बगान क्षेत्रमा काम गर्ने श्रमिकहरुको न्युनतम मासिक पारिश्रमिक महंगी भत्तासहित १३ हजार ८९३ तोकेको थियो । तर कतिपय प्रतिष्ठानहरुले सरकारले तय गरेको न्युनतम पारिश्रमिक समेत प्राप्त नगरेको गुनासो आएको विभागका प्रवक्ता मणिनाथ गोपले बताए । विभागले अनियवार्य रुपमा श्रम अडिट गर्न समेत सबै प्रतिष्ठानहरुलाई आग्रह गरेको छ ।
प्रवक्ता गोपले कतिपय प्रतिष्ठानहरुले अडिटसम्बन्धी कानूनको पालना नगरेको गुनासो आएको उल्लेख गर्दै यस्तो नगर्न समेत सचेत गराए । उनले बालबालिकाहरुलाई श्रममा नलगाई बालश्रम तथा बाध्यकारी श्रम निवारणको वातावरण निर्माणमा सहयोग पुर्याउन समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण