बेटिङ एपको प्रचार : राणा दग्गुबाती र विजय देवरकोंडासमेत २५ सेलिब्रेटीविरुद्ध एफआईआर
हैदराबद । धेरै लोकप्रिय सेलिब्रेटीहरूले बेटिङ (सट्टेबाजी) एपहरूको प्रचार गर्छन्, तर केही अवैध बेटिङ एपहरूको प्रचार गर्दा सेलिब्रेटीहरू समस्यामा पनि पर्छन्।
अहिले बेटिङ एप्सको प्रचार गरेको आरोपमा धेरै लोकप्रिय टलिउड स्टारहरू विरुद्ध एफआईआर दर्ता गरिएको छ। यस सूचीमा प्रसिद्ध अभिनेता राणा दग्गुबाती, प्रकाश राज, विजय देवरकोंडा र मन्चु लक्ष्मी लगायत २५ अन्य सेलिब्रेटीहरूको नाम समावेश छ। व्यवसायी फणीन्द्र शर्माको उजुरीपछि यो मुद्दा दर्ता गरिएको हो।
समाचार एजेन्सी आईएएनएसका अनुसार बेटिङ एप्सको प्रचार गरेको आरोपमा छ जना टलिउड कलाकार र १९ जना इन्फ्लुएन्सरविरुद्ध साइबराबाद प्रहरी स्टेशनमा मुद्दा दर्ता गरिएको छ। यी सेलिब्रेटीहरू र सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरूले विज्ञापनमार्फत अवैध बेटिङ एपहरू र वेबसाइटहरूको प्रचार गरिरहेका थिए, जसका कारण लाखौँ रुपैयाँको कारोबार भइरहेको एफआईआरमा भनिएको छ । यति मात्र होइन, यस्ता गतिविधिले मध्यम वर्ग र निम्न मध्यम वर्गका परिवारहरूमा आर्थिक संकट सिर्जना गरिरहेको पनि एफआईआरमा भनिएको छ।
यसअघि पनि हैदराबाद र साइबराबाद प्रहरीले सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरूविरुद्ध बेटिङ एपहरूको प्रचार गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो, तर पहिलो पटक उद्योगका लोकप्रिय स्टारहरू विरुद्ध एफआईआर दर्ता गरिएको हो।
एनडीटीभीको रिपोर्ट अनुसार, तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले यस विषयमा सरकार पूर्ण रूपमा फिल्म उद्योगको साथमा रहेको तर कानुनसँग कुनै सम्झौता गरिने छैन भन्ने कुरा स्पष्ट पारेका छन्।
टलिउड स्टारहरू विरुद्ध दर्ता भएको यो मुद्दाले सरकार र तेलंगाना फिल्म उद्योगबिच विवाद निम्त्याउन सक्नेछ। अल्लु अर्जुनको गिरफ्तारीको समयमा फिल्म उद्योग र सरकारबिच विवाद उत्पन्न भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण