नेपाल फाट्फको ग्रे लिस्टमा पर्नु दुर्भाग्यपूर्ण : जसपा नेपाल
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मुलुक फाइनान्सियल एक्सन टास्क फोर्स (फाट्फ) को ग्रे लिस्टमा पर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सरकारको गलत आर्थिक नीति, तथा क्रियाकलापले गर्दा नेपाल आतङ्कवादी गतिविधि तथा अन्य वित्तीय अपराध मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाट्फको ग्रे लिस्टमा परेको बताएका हुन् ।
‘सम्पत्ति शुद्धीकरण, निवारण सम्बन्धी अनुसन्धान र कानुन कार्यान्वयनमा राजनीतिक नेतृत्वको भ्रष्ट आचरण, लुटतन्त्र, क्रोनी क्यापिटलिजम, गैरजिम्मेवार सरकार, अदूरदर्शी आर्थिक नीतिले मुलुक ग्रे लिस्टमा परेको छ,’ बस्नेतले भने ।
‘नेपालले गैरवित्तीय क्षेत्रको नियमन गर्न नसकेको, आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानीलाई ट्रयाकिङ गर्न नसकेको, सम्पत्ति शुद्धीकरणसँग जोडिएका मामिलाहरू अध्ययन गर्न नसकेको, कानुन भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको, राष्ट्र बैङ्क, धितो बोर्ड, बिमा प्राधिकरणबाट कमजोर निगरानी भएको तथा भ्रष्टाचार र कमिसन तन्त्र मौलाएको अवस्था रहेकोले आगामी दिनमा मुलुकको विकास कार्यसमेत अवरुद्ध हुने खतरा बढेर गएको जसपा नेपालको ठहर छ, उनले भने ।
नकारात्मक सूचीमा रहेको मुलुकलाई अन्तर्राष्ट्रिय बैङ्क तथा दातृसंस्थाहरूले ऋण, आर्थिक सहायता र अनुदान घटाउन सक्ने र विदेशी ऋणसमेत पाउन गाह्रो हुने पार्टीको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण