बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

केएल राहुलले आईपीएलका सुरुवाती खेलहरू गुमाउन सक्ने

शनिबार, ०९ चैत २०८१, १२ : ३५
शनिबार, ०९ चैत २०८१

नयाँ दिल्ली । विकेटकिपर ब्याट्सम्यान केएल राहुलले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सका लागि सुरुवाती दुई खेल खेल्न नपाउने भएका छन्। यो जानकारी दिल्ली क्यापिटल्सबाट खेलिरहेका मिचेल स्टार्ककी श्रीमती तथा अस्ट्रेलियाली क्रिकेटर एलिसा हेलीले दिएकी हुन्।

उनले भनिन्, ‘केएल राहुलकी श्रीमती आथिया शेट्टी आमा बन्दैछिन्। जसका कारण उनी लिगको पहिलो दुई खेलबाट बाहिर रहन सक्छन्। राहुल र अथियाले नोभेम्बर २०२४ मा बच्चा पाउन लागेको घोषणा गरेका थिए।

 एलिसा हेलीले युट्युब च्यानल लिस्नर स्पोर्टमा ह्यारी ब्रुकको स्थान कसले लिन्छ भनेर हेर्न रोचक हुने बताइन्। ‘उनीहरूसँग केएल राहुल छन् जो सुरुका केही खेलहरू खेल्न सक्दैनन्। उनीहरू आफ्नो बच्चाको जन्मको पर्खाइमा छन्। दिल्ली क्यापिटल्ससँग युवा खेलाडीहरूको फौज छ,’ उनले भनिन् ।

आईपीएल २०२५ को मेगा अक्सनमा दिल्ली क्यापिटल्सले राहुललाई १४ करोड भारतीय रुपैयाँमा किनेको थियो। उनले यसअघि लखनऊ सुपर जायन्ट्सबाट तीन वर्ष खेलेका थिए। लिलामी अघि लखनउले उनलाई रिलिज गरेको थियो। राहुलले प्रतियोगितामा ४ हजार ६८३ रन बनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप