वाइसिएलले कर्णालीको प्रदेश सम्मेलन रुकुममा गर्ने
शनिबार, ०९ चैत २०८१, १२ : ४९
सुर्खेत । वाइसिएलले कर्णालीको प्रदेश सम्मेलन रुकुममा गर्ने भएकाे छ । शुक्रवार भएको वाइसिएल नेपाल कर्णाली प्रदेश समितिको पूर्ण बैठकमा वाइसिएल अध्यक्ष सुबोध शेर्पालीले रुकुमको चौरजहारीमा भव्य रूपले सम्मेलन सम्पन्न गर्ने बताए।
बैठकमा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले सङ्गठनको तेस्रो राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा सम्पन्न हुने बताए। उपचुनाव, पत्रकार महासङ्घको चुनाव र स्ववियुको चुनावले पार्टी अब्बल हुँदै गएको उनको भनाइ थियो।
बैठकमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्ल तथा कर्णाली प्रदेश अध्यक्ष विमला केसीको उपस्थिति थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण