धनगढी एफसीले भित्र्यायो ब्राजिलियन विंगर
काठमाडौँ । धनगढी एफसीले ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजन, २०२५’ का लागि ब्राजिलियन विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको छ। फ्रेन्चाइज फुटबल प्रतियोगिता आगामी चैत्र १६ देखि बैशाख १३ सम्म हुँदैछ ।
धनगढी एफसीका अध्यक्ष सुवास शाहीले भने, ‘हामी सर्जियो बार्बोजालाई हाम्रो टोलीमा स्वागत गर्न पाउँदा अत्यन्तै खुसी छौँ। उनको अनुभव र कौशलले हाम्रो टोलीलाई बलियो बनाउनेछ र समर्थकहरूलाई रोमाञ्चक खेल प्रदर्शन गर्नेछ।’
धनगढी एफसीले यसअघि अहमद हिजाजी, अफिज ओलावाले, वालिद विररौ र मोहमद एल जाओआनी विदेशी खेलाडी को रूप मा अनुबन्ध गरेको छ।
सर्जियो बार्बोजाको करियर यात्रा :
● ब्राजिल ः फ्लामेङ्गो यू–२० टोली
● कोस्टारिका– प्रिमेरा डिभिजन क्लब लिमोन एफसी
● ग्वाटेमाला– कम्युनिकासियोनेस बी टोली
● हन्डुरास– जुतीकाल्पा एफसी
● लाओस– मास्टर ७ एफसी
● कम्बोडिया– प्रेह खान रिच स्वाई रिएङ एफसी
● भारत– मिनर्भा पञ्जाब एफसीमा, दिल्ली एफसी र राजस्थान युनाइटेड एफसी
● माल्टा– जेइटुन कोरिन्थियन्स एफसी
● संयुक्त राज्य अमेरिका– नोना एफसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट कारमा लुकाएर ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण