जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
शनिबार, ०९ चैत २०८१, १६ : ०४

भैरहवा । नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र राप्रपाका नेतासहित विभिन्न पार्टीका नेता कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। लुम्बिनी प्रदेशको भैरहवामा शनिबार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अबिर फूलमालाले स्वागत गरेका हुन्।
जनमत पार्टीका कार्यकारिणी सदस्य एवं जनजाति आदिवासी महासंघका अध्यक्ष कैलाश गुरुङ र जनमतकै कार्यकारिणी समिति सदस्य निलम यादवसहित जनमतको टिम जसपा नेपाल प्रवेश गरेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका स्थानीय प्रभावशाली नेताहरूको समूहले समेत आ-आफ्नो पार्टी परित्याग गरी जसपा नेपाल रोजेको पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल