आईपीएल २०२५ : पहिलो खेलमा बैंगलुरुसामु जितका लागि १ सय ७५ रनको लक्ष्य
कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उद्घाटन खेलमा साबिक विजेता कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरु सामु जितका लागि १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको हो । खेलमा टोलीको सुरुवात राम्रो हुन सकेन । पहिलो ओभरमा नै क्विन्टन डी कक ४ रन बनाउँदै पभेलियन फर्कन बाध्य भए ।
त्यसपछि सुनिल नरेन र कप्तान अजिंक्या रहानेले तीव्र गतिमा शतकीय साझेदारी गर्दै टोलीलाई अघि बढाए । दुई जनाले मात्र ५५ बलमा १ सय ३ रन जोडे । रहानलेले ३१ बलमा ५६ रन बनाए । उनले ६ चौका र ४ छक्का प्रहार गरे । नरेनले २६ बलमा ४४ रनको योगदान दिए ।
उनले ५ चौका र ३ छक्का हिर्काए । दुई खेलाडी आउट भएपछि भने कोलकाताले लय गुमायो । अंगक्रिस रघुवंशीले २२ बलमा ३० रन बनाउनुबाहेक अन्य खेलाडीले खासै ठुलो योगदान दिन सकेनन् । रिंकु सिंह मात्र १२ रन बनाएर पभेलियन फर्किए ।
बैंगलुरुका लागि क्रुनाल पाण्ड्याले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले किफायती बलिङ गर्दै २ विकेट लिए । यश दयाल, रसिख सलाम र सुयश शर्माले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण