आईपीएल क्रिकेट : कोहली र साल्टको अर्धशतकमा बेंगलुरुको विजयी सुरुवात
काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औं संस्करणमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको खेलमा बेंगलुरुले साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो । कोलकाताले दिएको १७५ रनको लक्ष्य बेंगलुरुले १६।२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
विराट कोहली ५९ रनमा अविहित रहे भने साल्टले ५६ रन बनाए । रजत पाटिदारले ३४ रन बनाए । लियाम लिभिङस्टोन १५ रनमा अविजित रहे । कोलकाताका वरुण चक्रवर्ती, वैभव अरोरा र सुनिल नरयानले समान १ विकेट लिए ।
त्यसअघि इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो । कप्तान अजिन्क्या रहानेले तथा सुनिल नरायनले ४४ रन बनाए । अंग्क्रिश रघुवंशीले ३० रन बनाए ।
बेंगलुरुका क्रुनाल पाण्ड्याले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । जोश हेजलवूडले २ तथा यश दयाल, सुयाश शर्मा र रसिख सलामले १(१ विकेट लिए ।
यस जितसँगै बेंगलुरुले २ अंक जोडेको छ । खेल अन्तर्गत आइतबार दिउँसो पौने ४ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्ने छन् भने बेलुकी पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबिच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण