नेपालमा प्रोटोनको नयाँ गाडी सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडौँ । प्रोटोनले नेपालमा विद्युतीय सवारी साधन ‘प्रोटोन ई.एमएसएस७’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यो नवप्रवर्तनकारी मोडेलले हरियो र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ ।
जसले नेपालमा वातावरणमैत्री यातायात समाधानहरूको बढ्दो माग पूरा गर्ने कम्पनीको दाबी छ ।
राजधानीको हायात रिजेन्सीमा आयोजित लन्च कार्यक्रममा उक्त गाडी दुई भेरियन्ट प्राइम र प्रिमियममा उपलब्ध हुने जानकारी दिइयो । जसको मूल्य छपन्न लाख उनान्सय हजारदेखि सुरु हुने बताइएको छ । यस्तै गाडी छ वटा आकर्षक रङ्गमा उपलब्ध हुनेछ भने जसले ग्राहकहरूलाई आफ्नै शैली अनुसार छनोट गर्ने विकल्प प्रदान गर्नेछ ।
‘प्रोटोन ई.एमएसएस७ दुई ट्रिम लेभलहरू (प्राइम र प्रिमियम) मा उपलब्ध छ र पाँच रङ्गहरूमा आउँछ; प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट’, जगदम्बा मोटर्स प्रा.लि.का कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘हामी यो सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटर चालकहरूको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ ।’
अत्याधुनिक सुविधायुक्त गाडी प्रोटोनको नक्साल फ्ल्यागशिप शोरूममा बुकिङका लागि उपलब्ध रहेको सो अवसरमा जानकारी दिइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण