ब्याटले स्टम्पलाई हान्दा पनि किन आउट भएनन् सुनिल नरेन ?
कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै बैंगलुरुले २ अंक पनि हासिल गरेको छ ।
खेलमा साबिक विजेता कोलकाताले पहिले ब्याटिङ गरेको थियो । जब टोलीका लागि सुनिल नरेनले ब्याटिङ गरिरहेका थिए, उनको ब्याटले स्टम्पमा लागेको थियो । यसका बाबजुद अम्पायरले उनलाई आउट दिएनन् ।
पहिलो इनिङ्सको आठौँ ओभरको चौथो बलमा नरेनको टाउको माथिबाट बल गएको थियो । उनले उक्त बललाई छाडे पनि ब्याट धेरै पछि गएका कारण स्टम्पमा लाग्न पुग्यो । लगत्तै, बैंगलुरुका विराट कोहली र रजत पाटिदारले आउटको अपिल पनि गरे । तर, त्योभन्दा अघि लेग अम्पायरले उक्त बललाई वाइड दिइसकेका थिए । अर्थात्, बल पहिले नै डेड भइसकेको थियो ।
यस्तोमा अम्पायरको फैसला नै मान्य हुन्छ । नियमअनुसार बल डेड भइसकेपछि ब्याटरको शरीरको कुनै पनि अंग वा ब्याट स्टम्पमा लागे पनि हिट विकेट दिइँदैन । यदि बल वाइड नभएको भए चाहिँ नरेनलाई आउट दिन सकिन्थ्यो ।
शनिबारको खेलमा ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरे । उनले ब्याटिङ गर्दै २६ बलमा ४४ रन जोडे । यसमा ५ चौका र ३ छक्का सामेल छन् ।
यता बलिङ गर्दा पनि उनले किफायती बलिङ गरेका थिए । उनले ४ ओभरमा मात्र २७ रन खर्चेर एक विकेट लिए । उनको इकोनोमी रेट ७ रनभन्दा कम थियो भने बाँकी सबै बलरहरूको इकोनोमी रेट १० भन्दा बढी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण