बक्स अफिसको ‘टप’ मा डिज्नीको ‘स्नो ह्वाइट’
लस एञ्जलस । डिज्नीको लाइभ एक्सन फिलम ‘स्नो ह्वाइट’ उत्तर अमेरिकी बक्स अफिसको सबैभन्दा माथि उक्लिएको छ । फिल्मबारे प्रशस्तै नकारात्मक समीक्षा आएको भएपनि बक्स अफिसको सूचीमा फिल्म अग्रपङ्क्तिमा पुगेको छ । ओपनिङ विकेन्डमा फिल्मे विश्वभर ८ करोड ७३ लाख डलर कमाएको अनुमान गरिएको छ । योमध्ये आधा कमाई उत्तर अमेरिकाबाट भएको हो ।
तर २७ करोडभन्दा बढीको बजेटमा बनेको फिल्मको पहिलो सप्ताहन्तको यो कमाई अपेक्षा गरिएभन्दा कमै हो । फिल्म रिलिज हुनुअघि नै अनेकौं विवादमा फसेको थियो । फिल्ममा कोलोम्बियाली मूलकी रेचेल जेग्लरलाई स्नो ह्वाइटका रुपमा देखाएको भनेर निकै विवाद भएको थियो । अन्य पात्र सेभेन डर्फ अर्थात सात जना पुड्का मानिसहरूबारे पनि उत्तिकै विवाद थियो ।
जेग्लरको प्यालेटिनी समर्थित कमेन्ट अनि फिल्ममा स्नो ह्वाइटको सौतेनी आमाको भूमिकामा देखिएकी गल ग्याडोटको इजरायल समर्थित अभिव्यक्तिले पनि फिल्मलाई अरु विवादमा घेर्यो । रोटेन टमेटोजले फिल्मलाई ४४ प्रतिशत मात्रै अंक दिएको छ । तर दर्शको प्रतिक्रिया देखाउने पपकोर्नोमिटरले भने फिल्मलाई ७३ प्रतिशत अंक दिएको छ । अन्य केही फिल्म क्रिटिकहरूले फिल्मलाई राम्रै भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण