उपमुख्यमन्त्रीको आलोचना गर्ने कमेडियनविरुद्ध एफआईआर
मुम्बई । स्ट्यान्ड-अप कमेडियन कुणाल कामराविरुद्ध सोमबार बिहान मुम्बईको खार प्रहरी चौकीमा एफआईआर दर्ता गरिएको छ।
आइतबार कामराको एउटा भिडियो सार्वजनिक भएको थियो जसमा उनले उपमुख्यमन्त्री एकनाथ शिन्देको मजाक उडाउँदै गीत गाइरहेको देख्न सकिन्छ । उनीविरुद्ध अशान्ति फैलाउने र मानहानि गर्ने धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ।
अर्कोतर्फ, होटल द युनिकन्टिनेन्टलमा तोडफोड गरेको आरोपमा ४० शिवसैनिकहरू विरुद्ध पनि एफआईआर दर्ता गरिएको छ। भिडियो यसै स्टुडियोमा छायांकन गरिएको दाबी गरिएको छ।
होटलले एक विज्ञप्ति जारी गर्दै यो क्लबलाई हालको लागि बन्द गरेको जानकारी दिएको छ । ‘हामीले कलाकारहरूलाई प्रस्तुति दिनको लागि ठाउँ प्रदान गरेका छौं। उहाँ आफ्ना भनाइहरूको लागि पूर्ण रूपमा जिम्मेवार हुनुहुन्छ तर हरेक पटक हामी निशाना बन्छौँ,’ होटलले भनेको छ ।
यस विवादमा मुख्यमन्त्री देवेन्द्र फडणवीसले स्ट्यान्ड-अप कमेडी गर्ने स्वतन्त्रता भए पनि तर जो कोहीले जे चाहन्छ त्यो भन्न नपाउने बताए । उनले भने, ‘कुणाल कामराले माफी माग्नुपर्छ, यो सह्य छैन। कमेडी गर्ने अधिकार छ, तर यदि यो हाम्रा उपमुख्यमन्त्री एकनाथ शिन्देलाई बदनाम गर्न गरिएको छ भने, यो ठिक होइन।’
‘कुणाल कामराले राहुल गान्धीले देखाएको रातो संविधान पुस्तिका पोस्ट गरे। दुवैले संविधान राम्ररी पढेका थिएनन्। संविधानले हामीलाई अभिव्यक्ति स्वतन्त्रता दिएको छ, तर यसका पनि सीमाहरू छन्,’ उनले थपे ।
शिन्देलाई गद्दार भनिएको विषयमा उनले भने, ‘सन् २०२४ को विधानसभा चुनावमा जनताले हामीलाई मतदान गरेर समर्थन गरे। धोका दिनेहरूलाई मानिसहरूले घर पठाए। बालासाहेब ठाकरेको विचारधारा र जनादेशको अपमान गर्नेहरूलाई जनताले आफ्नो ठाउँ देखाइदिए।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण