आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

फेरि घाइते भए लखनउ सुपर जायन्ट्सका बलर मयंक यादव

सोमबार, ११ चैत २०८१, १३ : २३
सोमबार, ११ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सको सामना गर्दैछ । आईपीएलको १८ औँ संस्करणमा यी दुबै टोलीले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।

तर, लखनउ सुपर जायन्ट्सका प्रभावशाली बलर मयंक यादव भने फेरि चोटग्रस्त बन्न पुगेका छन् । लखनउ सुपर जायन्ट्सका प्रशिक्षक जस्टिन लेंगरका अनुसार, तीव्रगतिका बलर मयंकको फेरि औँलामा चोट लागेको छ ।

त्यसैले मयंक यादव अझ लामो समय टोलीमा फर्कने छैनन् । अभ्यासका क्रममा उनको औँलामा चोट लागेको र उनको औँलामा संक्रमण फैलिएको लेंगलरले बताए ।  दिल्लीविरुद्धको खेलअघि आयोजित पत्रकारसम्मेलनमा लेंगरले भने, ‘मयंक यादवको औँलामा चोट लागेको र संक्रमण पनि फैलिएको छ । त्यसैले करिब दुई साता उनी मैदानबाट बाहिर रहने छन् । यो हाम्रा लागि  दुःखद पक्ष हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप