आइतबार गाजामा इजरायलले गरेको आक्रमणमा १६ जनाको मृत्यु
सोमबार, ११ चैत २०८१, १३ : ४०

रफाह । आइतबार बिहान हुनुअघि नै गाजामाथि इजरायलले गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ । इजरायली सेनाले नासेर अस्पताललाई लक्षित गरेर भएको आक्रमणमा हमासका दुई प्रमुख कमान्डर मरेको केही घन्टापछि यी आक्रमण भएका हुन् । जासुसबाट जानकारी जुटाएर इजरायलले सटिक हथियारबाट यी आक्रमण गरेको बताइएको छ ।
अस्पतालमाथि गरिएको हमलामा १६ वर्षका प्यालेष्टिनी युवकको पनि मृत्यु भएको थियो । हमासले सर्वसाधारण बस्ने ठाउँलाई ढालको रुपमा प्रयोग गर्ने गरेको आरोप इजरायली सेनाको छ ।
हमासले गाजाका आम मानिसलाई खतरामा राखेर अस्पताल जस्ता पूर्वाधारहरूको दुरुपयोग गरिरहेको आरोप इजरायली सेनाले ललगाएको छ । आफ्नो कब्जामा रहेको वेष्ट बैंकको क्षेत्रमा इजरायली सेनाले छापा तीव्र पारिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?