फिल्डिङ गरिरहेका बंगलादेशी क्रिकेट टोलीका पूर्वकप्तान तामिम इकबाललाई हृदयाघात
सोमबार, ११ चैत २०८१, १३ : ४६
काठमाडौँ । बंगलादेशी क्रिकेट टोलीका पूर्वकप्तान तामिम ईकबाललाई हृदयाघात भएको छ । एक प्रतियोगिताका क्रममा उनलाई हृदयाघात भएको समाचारमा जनाइएको छ ।
खेलका क्रममा हृदयाघात भएपछि उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको छ । हाल उनको उपचार भइरहेको समाचारमा जनाइएको छ । ढाका प्रिमियर लिग (डीपीएल) क्रिकेट खेल्ने क्रममा उनलाई हृदयाघात भएको हो ।
उनी डीपीएलमा मोहम्मदन स्पोर्टिङ क्लबको तर्फबाट खेलिरहेका थिए । शिनपुकुर क्रिकेट क्लबविरुद्धको खेलका क्रममा फिल्डिङ गरिरहँदा उनलाई हृदयाघात भएको हो ।
अस्पतालले उनको स्वास्थ्य अवस्थाको बारेमा हालसम्म केही बताएको छैन । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)का चिकित्सक देवाशिष चौधरीले पनि घटनाको पुष्टि गरेका छन् ।
उनले तामिक ईकबाललाई हेलिकप्टरमार्फत अस्पताल लगिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण