ओली, देउवा र प्रचण्डबिच सिंहदरबारमा छलफल
काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) बारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा केहीबेर अघि सुरु भएको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।
तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी छन् ।

प्रधानमन्त्री ओलीले टीआरसीबारे छलफल गर्न अघिल्लो साता नै प्रयास गरे पनि विपक्षी दलका नेता प्रचण्डले समय नदिँदा सम्भव नभएको संसदमा बताएका थिए । सङ्क्रमणकालीन न्यायका लागि कानुन बने पनि बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन हुन सकेका छैनन् ।
केही समयअघि प्रधानमन्त्री ओलीले टीआरसीको बाँकी काम अघि बढाउन भन्दै पूर्वमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य अग्नि खरेललाई प्रधानमन्त्रीको सङ्क्रमणकालीन न्याय विज्ञका रूपमा नियुक्त गरेका थिए । खरेल विज्ञका रूपमा नियुक्त भएसँगै प्रक्रिया अघि बढ्ने अपेक्षा गरिए पनि प्रमुख दलका शीर्ष नेताहरूबिचको छलफल हुनै समय लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण