बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री गर्ने पक्राउ
सोमबार, ११ चैत २०८१, २० : १३
काठमाडौँ । बुद्ध एयर प्रालिको हवाई टिकट खरिद–बिक्रीका लागि तयार गरिएको अनलाइन कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुर्याएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ घर भई हाल काठमाडौँको तारकेश्वर नागरपालिका–९ बस्ने ४५ वर्षीय विकास भारती र गोरखा घर भई तारकेश्वर–४ बस्ने बाबुराम अधिकारी रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनीहरू सफ्टवेयर ह्याक गरेर गैरकानुनी रूपमा विभिन्न हवाई टिकटहरू बनाएर अवैधरुपमा लाभ लिने कार्यमा संलग्न थिए । उनीहरूलाई आइतबार काठमाडौँ महानगरपालिका–९ गौशालाबाट पक्राउ गरिएको आचार्यले जानकारी दिए ।
प्रहरीले उनीहरूलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण