बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री गर्ने पक्राउ
सोमबार, ११ चैत २०८१, २० : १३

काठमाडौँ । बुद्ध एयर प्रालिको हवाई टिकट खरिद–बिक्रीका लागि तयार गरिएको अनलाइन कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुर्याएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ घर भई हाल काठमाडौँको तारकेश्वर नागरपालिका–९ बस्ने ४५ वर्षीय विकास भारती र गोरखा घर भई तारकेश्वर–४ बस्ने बाबुराम अधिकारी रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनीहरू सफ्टवेयर ह्याक गरेर गैरकानुनी रूपमा विभिन्न हवाई टिकटहरू बनाएर अवैधरुपमा लाभ लिने कार्यमा संलग्न थिए । उनीहरूलाई आइतबार काठमाडौँ महानगरपालिका–९ गौशालाबाट पक्राउ गरिएको आचार्यले जानकारी दिए ।
प्रहरीले उनीहरूलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति
-
दाइलाई भित्री वस्त्रमा हिँडेको देखेपछि पत्नीको हत्या
-
रिमालको ‘आमाको सपना’मा ‘त्यो’ आउनुको तात्पर्य
-
पोपको अन्त्येष्टिमा ट्रम्प र जेलेन्स्कीको तस्बिर सार्वजनिक
-
सशस्त्रलाई हराउँदै भलिबलको उपाधि पुलिसलाई
-
घर–घरमा स्वच्छ खानेपानी पुर्याउनु सरकारको प्रमुख लक्ष्य हो : मन्त्री यादव