मन्त्रिपरिषद्को निर्णय
गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन
सोमबार, ११ चैत २०८१, २० : ३९
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका गर्न अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय ‘सिफारिस समिति’ गठन भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार सिफारिस समिति सदस्यहरूमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य रहेका छन्।
हालका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो।
गभर्नर अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ । यससँगै गभर्नरका लागि आकांक्षीहरुले दौडधुप बढाइसकेका जानकारहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण