मन्त्रिपरिषद्को निर्णय
गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन
सोमबार, ११ चैत २०८१, २० : ३९

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका गर्न अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय ‘सिफारिस समिति’ गठन भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार सिफारिस समिति सदस्यहरूमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य रहेका छन्।
हालका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो।
गभर्नर अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ । यससँगै गभर्नरका लागि आकांक्षीहरुले दौडधुप बढाइसकेका जानकारहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट आज पनि इजलासको पुछारमा
-
‘के घर के डेरा : घर नं २’ मा खगेन्द्र डेरावाल हुन् ?
-
बद्री केसीविरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा
-
टेलिमेडिसिन : मानसिक स्वास्थ्य पहुँचको नयाँ बाटो
-
आइतबार बन्यो आईपीएलको रेकर्ड तोडिने दिन
-
यमनमा अमेरिकी हवाई आक्रमण, आठ हुथी विद्रोही मारिएको दाबी