टीआरसी टुंग्याउन सर्च कमिटी गठन गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउन सर्च कमिटी गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओम प्रकाश मिश्रको अध्यक्षतामा कमिटी गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश समेत रहेका मिश्रको अध्यक्षतामा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष, तीनले तोकेको आयोगका सदस्य १ जना, पूर्वमहान्याधिवक्ता खम्बबहादुर खाती, डा.अर्जुनकुमार कार्की, स्टेला तामाङ सदस्य रहेको सर्च कमिटी गठन भएको गुरुङले बताए । यसअघि मिश्र नेतृत्वको सर्च कमिटी आयोगका पदाधिकारी सिफारिस गर्न असफल भएपनि सोही कमिटीलाई सरकारले निरन्तरता दिएको हो ।
आजै मन्त्रिपरिषद् बैठकअघि तीन मुख्य दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको भेटवार्ताले संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति गरेको थियो । सोहीअनुसार सर्च कमिटी बनाउने निर्णय भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण