मार्स र पुरनको अर्धशतक, नाटकीय पतनपछि २०९ रनमा रोकियो लखनउ
विशाखापटनम । मिचेल मार्स र निकोलस पुरनले विस्फोटक ब्याटिङ गर्दै उत्कृष्ट सुरुवात दिलाए पनि नाटकीय पतनको सामना गर्दा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्ससामु २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार विशाखापटनमा जारी खेलमा लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९ रन बनाएको हो ।
निकै उत्कृष्ट सुरुवात गरेको लखनउले पहिलो विकेटका रूपमा ऐडन मारक्रमलाई गुमाएको थियो । पाँचौँ ओभरमा ४६ रनको स्थितिमा मारक्रम १३ बलमा १५ रन बनाउँदै विपराज निगमको शिकार बने ।
त्यसपछि मार्स र पुरन मिलेर मात्र ४२ बलमा ८७ रन जोडे । मार्सले ३६ बलमा ७२ रन जोडे । उनले ६ चौका र समान छक्का प्रहार गरे । पुरनले ३० बलमा ७५ रन जोडे । उनले ६ चौका र ७ छक्का प्रहार गरे ।
मार्स र पुरन आउट भएपछि अन्य खेलाडीले खुलेर रन बनाउन सकेनन् । कप्तान ऋषभ पन्त शून्य रनमा पभेलियन फर्किए । डेभिड मिलरले १९ बलमा २७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुनै बेला २ सय ५० रन आसपास पुग्ने देखिएको लखनउको इनिङ्स नाटकीय पतनपछि २ सय ९ रनमा सीमित बन्यो ।
दिल्लीका लागि मिचेल स्टार्कले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट हात पारे । कुलदीप यादवले किफायती बलिङ गर्दै ४ ओभर बलिङ गर्दै २० रन खर्चेर २ विकेट लिए । विपराज निगम र मुकेश कुमारले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण