बत्ती निभाएर मैनबत्ती बाल्दै रविको साङ्केतिक विरोध

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने ५ महिनापछि फेसबुकमा फर्किएका छन् । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय भएपछि सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् ।
लाइभमा आएर उनले केही बोलेनन् । बरु उनले साङ्केतिक विरोधस्वरुप बत्ती निभाएर मैनबत्ती बाले । उनले लाइभको क्याप्सनमा लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् !’
उनले कुलमान घिसिङलाई हटाइएसँगै लोडसेडिङ हुनसक्ने तर्फ संकेत गर्दै बत्ती निभाएको बुझ्न सकिन्छ । कुलमानकै नेतृत्वमा देश लोडसेडिङमुक्त भएको थियो ।
लामिछाने गत अक्टोबर १८ यता फेसबुकमा सक्रिय थिएनन् । अक्टोबर १८ पछि उनी पहिलो पटक फेसबुकमा आएका हुन्, त्यो पनि नबोलीकन, साङ्केतिक विरोधको रूपमा ।
लामिछाने सहकारी ठगीको आरोपमा पक्राउ परेसँगै फेसबुकमा सक्रिय थिएनन् । उनले सार्वजनिक रूपमा पनि अभिव्यक्ति दिएका छैनन् । उनले समय आएपछि आफू बोल्ने सञ्चारमाध्यमलाई बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक