रोमाञ्चक खेलमा दिल्लीले १ विकेटले हरायो लखनउलाई
विशाखापटनम । निकै सनसनीपूर्ण खेलमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को चौथो खेलमा लखनउ सुपर जायन्ट्सलाई १ विकेटले पराजित गरेको छ । सोमबार भएको खेलमा लखनउले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य दिल्लीले ३ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पछ्यायो ।

खेलमा दिल्लीको सुरुवात भने राम्रो हुन सकेन । टोलीले दोस्रो ओभरमा ७ रनमा ३ विकेट गुमाइसकेको थियो । तर, त्यसपछि पुनरागमन गर्दै टोलीले रोमाञ्चक जित हात पार्न सफल भयो ।
टोलीको जितमा आशुतोष शर्मा नायक बने । उनले नटआउट रहँदै ३१ बलमा ६६ रन जोडेर टोलीलाई जितसम्म डोर्याए । उनले ५ चौका र ५ छक्का प्रहार गरे ।

त्यस्तै, विपराज निगमले १५ बलमा ३९ रन बनाए । उनले ५ चौका र २ छक्का हिर्काए । ट्रिस्टन स्टब्सले ३४ रन, फाफ डु प्लेसिसले २९ रन तथा कप्तान अक्षर पटेलले २२ रन जोडे ।
लखनउका लागि सरदुल ठाकुर, मनिमारन सिद्धार्थ, दिगवेश राठी र रवि विश्नोईले २–२ विकेट लिए ।
यसअघि, मिचेल मार्स र निकोलस पुरनले विस्फोटक ब्याटिङ गर्दै उत्कृष्ट सुरुवात दिलाए पनि नाटकीय पतनको सामना गर्दा लखनउ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९ रन बनाएको थियो ।
निकै उत्कृष्ट सुरुवात गरेको लखनउले पहिलो विकेटका रुपमा ऐडन मारक्रमलाई गुमाएको थियो । पाँचौँ ओभरमा ४६ रनको स्थितिमा मारक्रम १३ बलमा १५ रन बनाउँदै विपराज निगमको शिकार बने ।

त्यसपछि मार्स र पुरन मिलेर मात्र ४२ बलमा ८७ रन जोडे । मार्सले ३६ बलमा ७२ रन जोडे । उनले ६ चौका र समान छक्का प्रहार गरे । पुरनले ३० बलमा ७५ रन जोडे । उनले ६ चौका र ७ छक्का प्रहार गरे ।
मार्स र पुरन आउट भएपछि अन्य खेलाडीले खुलेर रन बनाउन सकेनन् । कप्तान ऋषभ पन्त शून्य रनमा पभेलियन फर्किए । डेभिड मिलरले १९ बलमा २७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुनै बेला २ सय ५० रन आसपास पुग्ने देखिएको लखनउको इनिङ्स नाटकीय पतनपछि २ सय ९ रनमा सीमित बन्यो ।

दिल्लीका लागि मिचेल स्टार्कले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट हात पारे । कुलदीप यादवले किफायती बलिङ गर्दै ४ ओभर बलिङ गर्दै २० रन खर्चेर २ विकेट लिए । विपराज निगम र मुकेश कुमारले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026