नेकपा (बहुमत)द्वारा राज्यका उच्च ओहोदामा रहेकाको सम्पत्ति छानबिन गर्न माग
काठमाडौँ । राष्ट्रप्रमुख, प्रधानमन्त्री र राज्यका उच्च ओहोदामा रहेका हरेक व्यक्तिहरूको सम्पत्ति छानबिनको माग राख्दै नेकपा(बहुमत)ले आन्दोलन गर्ने भएको छ । मंगलबार काठमाडौँको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्युरोले पत्रकार सम्मेलनको आयोजना गरी सम्पत्ति छानबिनको माग गरेको हो ।
पार्टीका ३ नम्बर ब्युरो इन्चार्ज उदयबहादुर चलाउने ‘दीपक’ले देशको मुख्य दुस्मन भ्रष्टाचार रहेको र उच्च ओहोदाका व्यक्तिहरू नै त्यसको कारक भएको आरोप लगाए । पार्टीका स्थायी समिति सदस्यसमेत रहेका चलाउनेले आगामी चैत २४ गतेदेखि वैशाख ९ गतेसम्म सम्पत्ति छानबिनको लागि राजधानीको माइतीघर मण्डलामा धर्ना दिने घोषणा गरे ।
देशलाई समृद्ध तथा जनताको जीवन स्तर माथि उठाउन प्रत्येक उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गरेर राज्य कोष अपचलन गरेको पुष्टि भए त्यसलाई राष्ट्रियकरण गरिनु पर्ने धारणा राखे ।
पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज कुमाल सिलवालले भ्रष्टाचारको जालो तोड्न आफूहरूले आन्दोलनको घोषणा गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण