भारत सरकारको सहयोगमा बन्न लागेको विद्यालय भवनको शिलान्यास
दैलेख । भारत सरकारको सहयोगमा दैलेख जिल्लाको दुल्लु नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवन निर्माणको शिलान्यास भएको छ । सोमबार कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री घनश्याम भण्डारी, काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंह र दैलेख जिल्लाको दुल्लु नगरपालिकाका मेयर भरत प्रसाद रिजालले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा ३.९ करोड रुपैयाँ परियोजना लागतमा भवन निर्माण हुने भारतीय दूतावासले जानकारी दिएको छ । साढे तीन तल्ले भवनमा हस्तकला प्रदर्शन क्षेत्र, पुस्तकालय, दुल्लु राज्यसँग सम्बन्धित सांस्कृतिक कक्ष, बहुउद्देश्यीय हल, कार्यालय क्षेत्र र अन्य सम्बद्ध सुविधाहरू समावेश हुनेछन् । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ र दैलेखको दुल्लु नगरपालिका मार्फत कार्यान्वयन गरिँदैछ ।
कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू तथा विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थिति थियो ।
सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५६३ भन्दा बढी एचआइसीडीपीहरूमा कार्य गरेको छ र ४९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ । यी मध्ये १५ वटा परियोजनाहरू कर्णाली प्रदेशमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण