एसईई परीक्षार्थीबाट थप ४७३ मोबाइल बरामद, ६ निरीक्षकविरुद्ध मुद्दा
रौतहट । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा फेरि चिट चोर्न प्रयोग गरिएका ४७३ थान मोबाइल अनुगमन समितिले नियन्त्रणमा लिएको छ।
मंगलबार बिहान ८ बजेदेखि परीक्षा सञ्चालन भएपछि जिल्ला सदरमुकाम गौर लगायतका परीक्षा केन्द्रमा परीक्षार्थीहरूले शरीरमा लुकाएर परीक्षा हलभित्र लागेको ४७३ थान मोबाइल चेकजाँचको क्रममा टोलीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
हालसम्म चिट चोराउने उद्देश्यले लगिएका १७०६ थान मोबाइल बरामद गर्नुका साथै परीक्षाको मर्यादाविपरीत काम गरेका ६ जना निरीक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले रातोपाटीलाई जानकारी दिए । निरीक्षकहरूमाथि परीक्षाको मर्यादा उल्लंघन सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको एसपी घिमिरेको भनाई छ।
विगतमा ‘न्याय नपाए गोर्खा जानु भने जस्तै एसएलसी परीक्षा पास गर्नु रौतहट जानु’ भनेर सिङ्गो जिल्ला बदनाम भएको थियो। एसएलसी बाट एसईईमा परिणत भएपछि पछिल्लो बदनामी हटेको थियो। तर गत वर्ष देखि एसईई परीक्षामा पनि पुरानै ढाँचा देखिएको छ।
यहाँ केही शिक्षक तथा सहयोगीहरू ह्वाट्सएप ग्रुप बनाएर परीक्षामा चिट चोराउने गरेको कारण जिल्लामा परीक्षार्थीहरूले मोबाइलको प्रयोग गरिरहेका छन्। गत वर्ष एसईई परीक्षामा प्रहरी तथा अनुगमन टोलीले झण्डै २ हजार मोबाइल बरामद गरेको थियो। परीक्षा सम्पन्न भएको करिब १ हप्ता पछि बरामद उक्त मोबाइलहरू नजिकको प्रहरी युनिट मार्फत सम्बन्धित विद्यार्थीलाई फिर्ता गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण