हमासको विरोधमा गाजामा प्यालेस्टिनीहरू पहिलो पटक उत्रिए सडकमा
रफाह । मंगलबार गाजामा हमास विरुद्ध विरोध प्रदर्शन भएको छ । उत्तरी गाजाको बेइत लाहियाको सडकमा सयौं मानिसहरूले यो विरोधमा भाग लिएका थिए । इजरायल र गाजाबीचको युद्ध सुरु भएपछि मानिसहरू हमासको विरोधमा यति ठुलो संख्यामा बाहिर निस्केको यो पहिलो पटक हो । प्रदर्शनकारीहरूले हमासले अब सत्ता त्याग्नुपर्ने माग गरेका थिए ।
यसैबिच, नकाबधारी हमासका लडाकुहरूले बल प्रयोग गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरेका थिए । केही लडाकुहरूको हातमा हतियार पनि थियो । उनीहरूले प्रदर्शनकारीहरूलाई कुटपिट गरेको बताइएको छ । हमासका आलोचक मानिने सामाजिक कार्यकर्ताहरूले सामाजिक सञ्जालमा केही भिडियोहरू भाइरल बनाएका छन् ।
तीमध्ये धेरै युवाहरू उत्तरी गाजाको बेइत लाहियाको सडकमा देखिए । उनीहरूले ‘बाहिर... बाहिर... बाहिर...हमास बाहिर’ भन्ने नारा लगाइरहेका थिए । यद्यपि, हमासका समर्थक मानिने समूहहरूले यस विषयमा हमासको बचाउ गरे । हमास समर्थकहरूले यी प्रदर्शनहरूलाई सामान्य भनेका छन् ।
यी विरोध प्रदर्शनमा भाग लिनेहरू देशद्रोही भएको उनीहरूको भनाइ छ । यस विषयमा हमासको तर्फबाट कुनै बयान आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण