रोटरी क्लबको डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा, प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं । काठमाडौँको पानीपोखरीस्थित रोटरी क्लबले सडकमा राखेको बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लेखेको भेटिएको छ । प्रधानमन्त्रीविरुद्ध ‘....देश छोड’ भन्ने नारा डिजिटल बोर्डमा डिस्प्ले भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले सो भिडियो पोस्ट गरेका थिए ।
प्रहरीले त्यसबारे अनुसन्धान शुरु गरेको छ । रोटरी क्लबका पदाधिकारीहरूले ‘कसैले ह्याक गरेर सो नारा डिस्प्ले हुन पुगेको’ प्रहरीलाई बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतका अनुसार पनि प्रारम्भिक अनुसन्धानबाट बोर्डको सिस्टम ह्याक भएको पाइएको छ । तर, प्रहरी प्रधान कार्यालयले त्यसबारे विस्तृत अनुसन्धान थालेको छ ।
प्रहरी प्रधान कार्यालयको सूचना प्रविधि निर्देशनालयले सो बोर्ड निकालेर अनुसन्धानको लागि लगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका ती अधिकृत भन्छन्, ‘सूचना प्रविधि निर्देशनालयले बोर्ड लगेर अनुसन्धान गरिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण