कुलमान घिसिङको समर्थनमा प्रदर्शन गरेको आरोपमा एकजना पक्राउ
बुधबार, १३ चैत २०८१, २० : २३
काठमाडौं । विद्युत्त प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रदर्शन गर्ने एकजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका–७ घर भएर भक्तपुर बस्ने कमल लामा रहेका छन् ।
५३ वर्षीय लामा रत्नपार्क स्थित विद्युत्त प्राधिकरणको केन्द्रिय कार्यालय अगाडीबाट पक्राउ परेका हुन् । प्रहरीलाई अभद्र व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
लामालाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । लामामाथि प्रहरीलाई हातपात गरेको आरोप छ । काठमाडौंमा बुधबार दिनभर घिसिङको पक्षमा प्रदर्शन गरिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण