फेरि घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको थियो । युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो पनि हिजोको भन्दा घटेको हो । बुधबार युरो एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा कायम भएको थियो ।
यस्तै, युके पाउन्ड स्टर्लिङ र स्विस फ्र्याङ्कको विनिमयदर पनि घटेको छ । आज पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७७ रूपैयाँ ३७ पैसा, स्विस फ््र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ९० पैसा र बिक्रीदर १५५ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ०१ पैसा र बिक्रीदर ९६ रूपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १०२ रूपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ११ पैसा र बिक्रीदर नौ रूपैयाँ १५ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १८ रूपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०३ पैसा र बिक्रीदर चार रूपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०३ पैसामा विनिमय हुनेछ ।
साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३ रूपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८० पैसा र बिक्रीदर १९ रूपैयाँ ८८ पैसा तोकिएको छ ।
त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६० पैसा र बिक्रीदर १७ रूपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ ७४ पैसा र बिक्रीदर ४४५ रूपैयाँ ६८ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०१ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण