‘डोरी’ले सेन्सरमा पायो ‘पिजी’, अग्रिम बुकिङ खुला
काठमाडौँ । शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘डोरी’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई बुधबार साँझ हेर्दै ‘पिजी’ प्रमाणपत्र दिएको छ । अब यो फिल्म १६ वर्ष मुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउनेछन् ।
सेन्सर पास भएसँगै फिल्मको अग्रिम टिकट बुकिङ पनि खुला गरिएको छ । नेपालकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मका लागि देशभरका हलमा बुकिङ खुलाएको हो । वितरक रोहित कट्टेलका अनुसार बिहीबार दिउँसोसम्म सबै हलको बुकिङ खुल्ला हुनेछ र शो संख्या पनि बाहिर आउने छ । फिल्मले देशभर करिब १२० शो प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
अरुण लामाको निर्देशन रहेको फिल्ममा अरुणको अलवा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारको अभिनय छ ।
दिनेश भट्टराई निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राज थापा हुन् । फिल्ममा राजु तामाङको एक्सन, राजनराज सिवाकोटीको संगीत, सौरभ लामाको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण