नेवाः समुदायले भन्यो– हामी राजतन्त्रको पक्षमा छैनौँ
काठमाडौँ । नेवा समुदायले आफूहरू राजतन्त्रको पक्षमा नभएको प्रस्ट पारेको छ । नेवा समुदायका बुद्धिजीवीहरूको बैठकले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा उभिने निर्णय गरेको हो ।
उनीहरुले आज एक विज्ञप्ति जारी गर्दै पुरानो सामन्ती राजतन्त्रात्मक निरङ्कुश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा दमन गरेको यथार्थ सर्वविदित रहेको उल्लेख गरेका छन् ।
राजतन्त्रविरुद्ध नेवाः लगायत सम्पूर्ण उत्पीडित आदिवासी जनजाति, मधेसी, दलित, महिला समुदायको समेत सहभागितामा वि.सं. २०६२/६३ सालमा भएको दोस्रो जनआन्दोलनले नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतान्त्रिक व्यवस्था बहाली गरेको भन्दै उनीहरुले आन्दोलन पश्चात जारी भएको नयाँ संविधानमा यी व्यवस्थाहरू उल्लेख भए पनि उत्पीडित समुदायका भाषिक, सांस्कृतिक, आदिभूमिमा स्वशासन लगायत पहिचानका मागहरू भने पूरा हुन बाँकी नै रहेको उल्लेख गरेका छन् ।
'जनतामा रहेको असन्तुष्टिमाथि खेलेर हालैका केही समयदेखि संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग राखी प्रतिगामी शक्तिहरू चलमलाउन थालेको पाइन्छ । लामो संघर्षको बलमा स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुर्याउने यस्ता गतिविधिहरू हामी नेवाः समुदायलाई कदापि स्वीकार्य छैन । आफ्ना कुत्सित मनसाय पूरा गर्न यी तत्त्वहरूले नजिकै आइरहेका नेवाः जात्रा चाडपर्वहरूमा अवाञ्छित गतिविधिहरू गर्ने सम्भावना रहेकोले त्यस्तो कार्य कोही कसैले नगर्न नगराउन समेत खबरदारी गर्दै जात्रा पर्वको महत्त्व र मौलिकता बचाउन नेवाः समुदाय प्रतिबद्ध रहेको अवगत गराउन चाहन्छौँ' विज्ञप्तिमा भनिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण