विपक्षीको अवरोधपछि राष्ट्रियसभा बैठक १ घण्टाका लागि स्थगित
बिहीबार, १४ चैत २०८१, १२ : ४७

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले बिहीबार पनि सदनमा अवरोध जारी राखेका छन् । अवरोधका कारण बिहीबार राष्ट्रियसभाको बैठक रोकिएको हो ।
बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभाका अध्यक्ष नारायण दाहालले आग्रह गर्दा पनि उनीहरू बस्न मानेनन् ।
विपक्षीहरूले अवरोध जारी राखेपछि आजको बैठक १ घण्टाका लागि स्थगित गरिएको छ । कुलमान प्रकरणमा विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै बुधबारदेखि सदनमा अवरोध गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशमको गिरफ्तारी : थारू–मधेशी मिलनमाथि षडयन्त्र ?
-
प्रचण्डबिनै सिंहदरबारमा ओली र देउवाबिच भेटवार्ता
-
रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरू (तस्बिरहरू)
-
आगामी नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ?
-
श्री ५ हटेपनि नेताहरूको कार्यशैली श्री ३ को जस्तो भयो : डा. बाबुराम भट्टराई
-
विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु