गृह मन्त्रालयमा साँझ ६ बजे पत्रकार सम्मेलन
शुक्रबार, १५ चैत २०८१, १७ : ४०

काठमाडौँ । काठमाडौँको तीनकुनेमा पूर्वराजाका समर्थकहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि गृह मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको छ । साँझ ६ बजे पत्रकार सम्मेलन आयोजना गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
तीनकुनेमा शुक्रवार मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले प्रदर्शन गरेका हुन् । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको छ । सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । च्यासल र बालकुमारीमा आन्दोलनकारीले ५ वटा गाडीमा आगजनी गरेका छन् ।
पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
-
विद्यालय शिक्षा विधेयक: उपसमितिको म्याद १० दिन थप
-
राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा
-
शेखरले फेरि भने – सरकार सञ्चालनका लागि दुई दलीय संयन्त्र आवश्यक छैन
-
सरकार, किसानको हात समाउने कि दलालको ?
-
खातावालाको नाम बदली सरकारी रकम खाएको आरोप लागेका तीन जनाविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन