गृह मन्त्रालयमा साँझ ६ बजे पत्रकार सम्मेलन
शुक्रबार, १५ चैत २०८१, १७ : ४०
काठमाडौँ । काठमाडौँको तीनकुनेमा पूर्वराजाका समर्थकहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि गृह मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको छ । साँझ ६ बजे पत्रकार सम्मेलन आयोजना गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
तीनकुनेमा शुक्रवार मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले प्रदर्शन गरेका हुन् । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको छ । सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । च्यासल र बालकुमारीमा आन्दोलनकारीले ५ वटा गाडीमा आगजनी गरेका छन् ।
पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण