पत्रकार सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न समाजवादी प्रेस संगठनको माग
काठमाडौँ । समाजवादी प्रेस संगठनले शान्तिपूर्ण प्रदर्शनका नाममा विभिन्न सञ्चारगृह, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, राजनीतिक दलका कार्यालय, सरकारी भवनमा गरिएको आगजनी, आक्रमण, लुटपाटको पनि निन्दा गरेको छ ।
संगठनका महासचिव रोहित दाहालले शुक्रबार राति विज्ञप्ति जारी गर्दै पूर्व राजावादीहरुको अराजक समूहले काठमाडौंका विभिन्न स्थानमा मच्चाएको अराजकता, उद्दण्डता र हिंसामा परी एक जना होनाहार पत्रकारको निधन भएको उल्लेख गरेका छन् ।
पूर्वराजावादीहरुले काठमाडौँको तीनकुनेमा नागरिकको घरमा गरेको आगजनीमा परी रिपोर्टिङको क्रममा एभिन्यूज टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेज रजकको निधन भएको थियो । उक्त घटनाबाट सिङ्गो संगठन मर्माहत भएको भन्दै समाजवादी प्रेस संगठनले पत्रकार सुरेज रजकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
त्यस्तै,अराजक र उद्दण्ड समूहले समाचार संम्प्रेषणका लागि फिल्डमा खटिएका कतिपय पत्रकारलाई आक्रमण गरी घाइते बनाएका पनि संगठनले जनाएको छ । कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट दैनिकलगायतका सञ्चार गृहमा आक्रमण गरी तोडफोड गरिएको तथा पत्रकारलाई जिउँदै जलाएर हत्या गर्ने, भौतिक आक्रमण गर्ने प्रेस स्वतन्त्रता विरोधी हर्कतको जति निन्दा गरे पनि कम हुने महासचिव दाहालले जनाएका छन् ।
‘प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रका मूल्य मान्यता विपरित कुनै पनि हर्कत हाम्रो संगठनलाई सह्य हुने छैन । यस्ता हर्कत गर्ने जोकोहीलाई पनि कडाभन्दा कडा कारवाही गर्न र पत्रकारको सुरक्षाका लागि प्रभावकारी प्रबन्ध गर्न हाम्रो संगठन सरकारसँग जोडदार माग गर्दछ’, दाहालले जारी गरेको विज्ञप्तिमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण