अपडेट
राजावादीको आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु
शुक्रबार, १५ चैत २०८१, २१ : २४
काठमाडौँ । दुर्गा प्रसाईको मुख्य नेतृत्वमा शुक्रबार भएको राजावादीको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
२९ वर्षीय महर्जन राजावादीको प्रदर्शनमा सहभागी थिए । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।
यसैगरी शुक्रवार दिउँसो राजावादीबाट आगजनी भएको घरसँगै पत्रकार सुरेश रजकको शव फेला परेको छ । शव पत्रकार रजकको पुष्टि भएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । रजक एभिन्युज टेलिभिजनमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण