समुन्नत लोकतन्त्रका लागि स्पष्ट ढंगले उभिन राजनीतिक दललाई कांग्रेसको अपील
काठमाडौँ । शान्तिपूर्ण आन्दोलनका नाममा आज भएको हिंसात्मक घटनाको नेपाली कांग्रेसले निन्दा गरेको छ । संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई कांग्रेसले सदैव सम्मान गर्ने तर हिंसात्मक घटनाको कहिल्यै समर्थन गर्न नसक्ने जनाएको छ ।
महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले एक विज्ञप्ति जारी गर्दै आजको हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउने प्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । साथै विज्ञप्तिमा हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कानूनी कार्वाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गरिएको छ ।
नागरिकमा रहेका कयौं असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट संभव छ भन्दै नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नविनता दिन हामी दृढ ढंगले प्रतिबद्ध छौं, विज्ञप्तिमा भनिएको छ, ‘हामी जान्दछौं कयौं कमजोरी भएका छन्, तिनको निदान खोज्न र समाधान पहिल्याउन हामी दृढ छौं । नेपाली समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा सम्बोधन यहि संविधानको दायरा भित्रैबाट क्रमशः गर्न सकिन्छ । लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । कांग्रेसले सबै राजनैतिक दललाई यसमा स्पष्ट ढंगले उभिन अपील गरेको छ ।
महामन्त्रीद्वयले संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई नेपाली कांग्रेसले सदैव सम्मान गर्ने बताउँदै आज राजधानीको तिनकुने लगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा जेजस्तो हिंसात्मक घटना भएका छन् त्यो अत्यन्तै निन्दनीय भएको बताएका छन् । व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधन आदिमा भएको तोडफोड र आगजनीलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण